माओवादीले भन्यो : छानबिन समितिको नाममा राज्यका निकायको मनोबल कमजोर पार्ने काम नगरौँ

हिमाल प्रेस ६ भदौ २०८० १७:०९ | Wednesday, August 23, 2023
माओवादीले भन्यो : छानबिन समितिको नाममा राज्यका निकायको मनोबल कमजोर पार्ने काम नगरौँ

काठमाडौँ– नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले छानबिन समितिको नाममा अनुसन्धान गर्ने राज्यका निकायको मनोबल कमजोर पार्ने काम गर्न नहुने बताएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले विभिन्न प्रकरणमा सीआईबी लगायतका निकायले छानबिन गरिरहेकाले फेरि छानबिन समिति बनाएर उनीहरूको मनोबल गिराउने काम गर्न नहुने बताएका हुन्।

‘विभिन्न प्रकरणहरू जुन देखा परेका छन्। तिनको अनुसन्धानका लागि आज छानबिन समिति बनाउने सहमति भएको छ,’ उनले भने, ‘तर राज्यका निकायले पनि अनुसन्धान गरिरहेका छन्। ती कुनै दल विशेषका निकाय होइनन्। तिनको मनोबल गिर्नेगरी काम नगरौँ। उनीहरूलाई अझ सशक्त बनाउनु आजको आवश्यकता हो।’

उनले शीर्ष नेताहरूको बैठक बसिरहँदा सरकारले अघि बढाएका प्रकरणहरू त्यसै ओझेलमा पर्ने त हैन भन्ने चिन्ता जनताबीचमा रहेको बताए। उनले भने, ‘आज शीर्ष नेताहरूको बैठक बसिरहँदाखेरि यी प्रकरणहरू ओझेलमा पर्ने हुन् कि भन्ने चिन्ता छ। कतै छानबिनको नाममा बीचैमा हराउने त होइन भन्ने जनताको चासो छ।’

प्रकाशित: ६ भदौ २०८० १७:०९ | Wednesday, August 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast