विपिनको जन्मदिनमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को टिजर

हिमाल प्रेस ५ भदौ २०८० १३:४८ | Tuesday, August 22, 2023
विपिनको जन्मदिनमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को टिजर

काठमाडौँ- फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को टिजर गरिएको छ। मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरिएको हो। टिजरमा फिल्मको पात्र भष्मे डन (विपिन कार्की)लाई देखाइएको छ।

अभिनेता विपिन कार्कीको जन्मदिनको अवसरमा मंगलबार टिजर सार्वजनिक भएको हो।
दिपेन्द्र कुमार खनाल निर्देशित फिल्ममा विपिनसहित सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा शिवाकोटी, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, सजन थापा मगर, प्रकाश दाहाल, माओत्से गुरुङ, लोकेन्द्र लेखक, विशाल पहारी, घनश्याम जोशीलगायत कलाकारको अभिनय छ।

फिल्मका लेखक र निर्माता खगेन्द्र लामिछाने हुन्। आगामी फूलपातीका दिन प्रदर्शन गरिने फिल्म नेपालसहित अमेरिका, मध्य पूर्वका देशहरू, बेलायत, अस्ट्रेलिया, क्यानडा, जापान, युरोप, भारत, कोरिया, मलेसिया, इराक र हङकङलगायतका देशमा एकसाथ प्रदर्शन हुनेछ।

टुकी आर्ट्सको ब्यानरमा बनेको फिल्म कृष्ण थापाको छायांकन र दीर्घ खड्काले सम्पादन गरेका छन्।

यो २०७३ सालमा प्रदर्शन गरिएको फिल्म ‘पशुपति प्रसाद’ को सिक्वेल हो।

 

प्रकाशित: ५ भदौ २०८० १३:४८ | Tuesday, August 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast