काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन प्रदेशसभा बैठक सञ्चालनको जिम्मेवारी पाएकी उपसभामुख सृजना दनुवार ‘अचानक बिरामी’ परेकी छिन्।
विश्वासको मत लिने दिन नेकपा एमालेले उपसभामुख दनुवारलाई अनुपस्थित गराउने आशंकाबीच उपसभामुख बिरामी परेको भन्दै उपचारका लागि काठमाडौँ हिँडेकी हुन्।
बैठक छलेर उपसभामुख दनुवार बिहान ७ बजेको यति एयरलाइन्सको फ्लाइटबाट उनी काठमाडौँ लागेकी छन्।

प्रकाशित: ४ भदौ २०८० ९:५० | Monday, August 21, 2023
प्रतिक्रिया





