कटेजमा खाना खाएर नक्कली नोट तिरेपछि…

हिमाल प्रेस ३ भदौ २०८० १०:०६ | Sunday, August 20, 2023
कटेजमा खाना खाएर नक्कली नोट तिरेपछि… सांकेतिक तस्बिर

इटहरी- सुनसरीको रामधुनी नगरपालिका-१ हनुमान मन्दिर नजिकबाट नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार रामधुनीमा स्थानीय विक्रम चौधौरीले सञ्चालन गरेको थारु कटेजमा खाजा खाएर पैसा तिर्न खोज्दा नक्कली नोट दिएपछि प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा स्थानीय ३७ वर्षीय रोशन चौधरी रहेका छन्। उनले खाजा खाएर पैसा तिर्ने क्रममा नक्कली पैसा दिएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले ५ सय दरका ३५ वटा नक्कली नोटसहित चौधरीलाई नियन्त्रणमा लिएको हो।  चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ३ भदौ २०८० १०:०६ | Sunday, August 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast