कोशी नाम राख्दा कमजोरी भएको माओवादी निष्कर्ष

विवेक विवश रेग्मी १ भदौ २०८० १२:५६ | Friday, August 18, 2023
कोशी नाम राख्दा कमजोरी भएको माओवादी निष्कर्ष बैठकको निर्णय सार्वजनिक गर्दै माओवादी कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो)।

इटहरी- नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले प्रदेशको नाम राख्दा कमजोरी भएको स्वीकार गरेको छ। पार्टीले कोशी नाम खारेज गर्दै बहुपहिचानका आधारमा नाम राख्न मागसमेत गरेको छ।

विराटनगरमा बसेको समितिको पाँचौँ बैठकको निर्णय सार्वजनिक गर्दै माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो) ले पार्टी र संसदीय दलले गरेको कमजोरीप्रति गम्भीर समीक्षा र आलोचनासहित प्रदेशको नाम बहुपहिचानका आधारमा पुनः नामांकन गर्न माओवादी पार्टी प्रतिबद्ध रहेको बताए।

२०७९ फागुन १७ गते प्रदेशसभा बैठकले तत्कालीन प्रदेश १ को नाम कोशी राख्ने निर्णय गरेको थियो। माओवादी केन्द्रले कोशी नामको पक्षमा सहमति जनाएको थियो। पहिचान पक्षधरले कोशी नामकरणको विरोधमा आन्दोलन चर्काएपछि माओवादीले नाममा समर्थन जनाउनु गल्ती भएको स्वीकार गर्दै बहुपचिानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने निष्कर्ष निकालेको हो।

बैठकले बहुपहिचानका आधारमा राख्न प्रतिवद्ध रहने निर्णय गरेको नेम्बाङले बताए। माओवादीले पार्टी संगठनलाई थप सुदृढ गर्न १६ भदौदेखि ३ महिने अभियान सुरु गर्ने भएको छ।

प्रदेशका ११५७ वटै वडामा एकैसाथ अभियान उद्घाटन गर्ने गरी कार्यविभाजन गरिएको पनि नेम्बाङले जानकारी दिए। माओवादीले प्रदेशका विभिन्न स्थानमा गएको बाढीपहिरो र उदयपुरको बेलकामा कोशी कटानले ठूलो क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै पीडितहरूलाई आवश्यक उध्दार, राहत र पुनस्र्थापना गर्न नेपाल सर सरकारलाई अनुरोध गरेको छ। यस्तै, सुनसरी, मोरङ, झापामा फैलिएको डेंगु महामारी नियन्त्रणमा कदम चाल्नसमेत माग गरिएको छ।

प्रकाशित: १ भदौ २०८० १२:५६ | Friday, August 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast