हलमा ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’

हिमाल प्रेस १ भदौ २०८० ११:३३ | Friday, August 18, 2023
हलमा ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’

काठमाडौँ- ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ आजदेखि प्रदर्शन भएका छन्।

मनोविज्ञानमा आधारित फिल्मले रत्नपार्कको कथालाई प्रस्तुत गरेको छ। फिल्ममा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, सुशिल सिटौला, पुष्कर कार्की, तुफान थापा, रोशन सुवेदीलगायत कलाकारको अभिनय छ।

गणेशदेव पाण्डेको लेखन तथा निर्देशनमा बनेको फिल्म विवेक खड्काको छायांकन र अजय खड्काको सम्पादन छ। फिल्म आभा शर्माले निर्माण गरेकी हुन्।

क्यूएफएक्स सिनेमाज अन्तर्गत उपत्यकामा फिल्मको चार सो छ। यस्तै, बीग मुभिज, वान सिनेमाजमा पनि फिल्मको एक एक सो पाएको छ।

त्यस्तै फिल्म ‘हिँड्दा हिँड्दै’मा आकाश श्रेष्ठ, सलोन बस्नेत र नव-कलाकार रेखा शाह मुख्य भूमिकामा छन्। मित्रता, प्रेम र सम्बन्धमा आउने उतार चढावमा आधारित फिल्म राज लामाले निर्माण गरेका हुन्।

मिलन आले मगरको निर्देशनमा तयार भएको फिल्म लभ स्टोरी कथामा बनेको छ। फिल्ममा सुमन कुमार तण्डुकारको छायांकन, गौतमराज खड्काको सम्पादन, किरण माइकल र तारा प्रकाश लिम्बूको संगीत, कविराज गहतराज तथा सुरेन्द्र बसेलको कोरियोग्राफी छ।

आज काठमाडौँमा क्यूएफएक्स र बिग मुभिजमा फिल्मको शो छैन। वान सिनेमाजमा शो छ।

आजदेखि नै बलिउड फिल्म ‘घुमर’ नेपालमा प्रदर्शन भएको छ। स्पोट्र्स ड्रामा जनरामा बनेको फिल्म आर बाल्कीले निर्देशन गरेका छन्। फिल्ममा सावाना आज्मी, अभिषेक बच्चन, सायमी खेर र अंगद वेदीलगायत कलाकारको अभिनय छ।

ड्रामा र हरर जनरामा बनेको हलिउड फिल्म ‘हन्टिङ अफ द क्वीन मेरि’ पनि नेपालमा प्रदर्शन गरिएको छ। ग्यारी शोरको निर्देशन रहेको फिल्ममा एलिश इभ, टिम डाउनी, नेल हड्सन लगायत कलाकारको अभिनय छ।

हलिउड फिल्म ‘ब्लु बेटल’ ले नेपालमा आजदेखि नै देखि प्रदर्शन भएको छ। फिल्म एक्सन र एडभेन्चर जनरामा बनेको छ। एन्जल मेनुअल सोटो निर्देशित फिल्ममा सुसान सरान्डन, राउल मेक्स ट्रुजिलो, यड्रियाना बजारालगायतको अभिनय छ।

नेपाली फिल्महरूको कम सो भएता पनि मल्टिप्लेक्सका हलहरुमा हलिउड तथा बलिउड फिल्मले राम्रो सो पाएको छ।

हलमा ‘गदर २’, ‘ओ माई गड २’ र ‘जेलर’ फिल्म पनि प्रदर्शनरत छ।

प्रकाशित: १ भदौ २०८० ११:३३ | Friday, August 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast