उद्यमशीलतामा सहकार्य गर्न परिसंघ र आईडिया स्टुडियोबीच सम्झौता

हिमाल प्रेस ३२ साउन २०८० १५:४५ | Thursday, August 17, 2023
उद्यमशीलतामा सहकार्य गर्न परिसंघ र आईडिया स्टुडियोबीच सम्झौता

काठमाडौँ- नेपाल उद्योग परिसंघ र आईडिया स्टडियोबीच उद्यमशीलता क्षेत्रमा सहकार्य गर्न सम्झौता गरिएको छ। परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र आईडिया स्टुडियोेका अध्यक्ष डा. छिरिङ लामाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

दुई संस्थाले प्राविधिक, वैज्ञानिक, वित्तीय तथा मानव संसाधनको सहयोगबाट उद्यमशीलता क्षेत्र प्रवद्र्धन गर्ने सम्झौतामा उल्लेख छ। उक्त सहकार्यबाट लगानी प्रवर्द्धनकाे क्षेत्रमा पनि सहयोग पुग्ने अपेक्षा दुई संस्थाले गरेका छन्।

बिहीबार आयाेजित हस्ताक्षर कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले आर्थिक विकासका लागि देशमा उद्यमशीलता तथा व्यवसायिक प्रवर्द्धन गर्न सरकारसँग प्रभावकारी रूपमा काम गर्नुपर्ने बताए। ‘ब्रेन ड्रेन’ रोक्न, उद्यमीहरूका लागि उचित वातावरण बनाउन आवश्यक रहेको उनको भनाइ थियो।

आईडिया स्टुडियोसँगको सहकार्यले नवीन सोच भएका युवालाई उद्यमी बन्न रचनात्मक सहयोग हुने विश्वास रहेको उनले बताए। परिसंघले अगाडि बढाएको ‘मेक इन नेपाल’ स्वदेशी अभियान, स्टार्टअप एवं उद्यमशीलता प्रवर्द्धनसम्बन्धी गतिविधिबारे जानकारी गराउँदै उनले दुई संस्थाबीचको सहकार्यले यस क्षेत्रमा नवीनतम् काम हुने विश्वास रहेको बताए।

आईडिया स्टुडियोका अध्यक्ष लामाले परिसंघसँगको सहकार्यले नेपालमा उद्यमशीलता तथा लगानीका क्षेत्रमा नयाँ सम्भावना खोजी गरिने बताए। यस सहयर्काले नेपालमै केही गर्न सकिन्छ भन्ने वातावरण बन्ने अपेक्षा रहेको उनको भनाइ थियो। परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्यमशीलताको क्षेत्रमा सामुहिक रूपमा नयाँ काम हुने विश्वास रहेको बताए।

प्रकाशित: ३२ साउन २०८० १५:४५ | Thursday, August 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast