राप्रपा नेपालको लुम्बिनी प्रदेश इन्चार्जमा तिमल्सिना

हिमाल प्रेस ३१ साउन २०८० १८:४८ | Wednesday, August 16, 2023
राप्रपा नेपालको लुम्बिनी प्रदेश इन्चार्जमा तिमल्सिना

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले उत्तम तिमल्सिनालाई लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी दिएका छन्।

पार्टी केन्द्रीय समितिको बैठकले प्रदेश कार्यसमिति खारेज गर्ने निर्णय गरेपछि तत्काल समन्वयको निमित्त प्रदेशहरूमा इन्चार्जको जिम्मेवारी तोकिएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

यसै गरी आज (बुधबार) नै युवा समाजसेवी दिनेशकुमार शाहलाई अध्यक्ष थापाले केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। राप्रपा नेपालको केन्द्रीय समिति बैठक आगामी भदौ ७ र ८ गते काठमाडौँमा बोलाइएको छ।

प्रकाशित: ३१ साउन २०८० १८:४८ | Wednesday, August 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast