उत्तराखण्डको मदमहेश्वरमा फसेका १२२ श्रदालुको उद्धार

हिमाल प्रेस ३१ साउन २०८० १५:३० | Wednesday, August 16, 2023
उत्तराखण्डको मदमहेश्वरमा फसेका १२२ श्रदालुको उद्धार तस्बिर : बीबीसी हिन्दी

काठमाडौँ- भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लामा रहेको मदमहेश्वर धाममा फसेका १२२ श्रदालुको उद्धार गरिएको छ। स्टेट डिजास्टर रिस्पोन्स फोर्स (एसडीआरएफ)को टिमले नदीमाथि डोरी बाँधेर र हेलिकप्टरको सहयोगले फसेका श्रदालुहरूको उद्धार गरिरहेको हो।

पछिल्लो समय हिमाञ्चल प्रदेश र उत्तराखण्डमा भइरहेको भारी वर्षाका कारण मदमहेश्वर धामलगायतमा मानिस फसेका भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। वर्षाका कारण नदीमा पानीको सतह बढेकाले उद्धार कार्यमासमेत कठिनाइ भइरहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

कतिपय ठाउँमा बाढीले पुल समेत बगाएकाले उद्धारमा कठिनाइ भएको ऊखीमठका उपजिल्ला अधिकारी जितेन्द्र वर्माले बताएका छन्। उनले हेलिकप्टरमार्फत ७० जनाको उद्धारसमेत गरेर १२२ जनाको उद्धार गरिएको बताए।

प्रकाशित: ३१ साउन २०८० १५:३० | Wednesday, August 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast