दोलखाका तत्कालीन सीडीओ रिजाल भ्रष्टाचारमा दोषी ठहर

हिमाल प्रेस ३० साउन २०८० २०:२१ | Tuesday, August 15, 2023
दोलखाका तत्कालीन सीडीओ रिजाल भ्रष्टाचारमा दोषी ठहर

काठमाडौँ- विशेष अदालत काठमाडौँले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भ्रष्टाचार आरोपमा दोषी ठहर गरेको छ।

न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले आज (मंगलबार) घुस र हिनामिना गरेको विभिन्न पाँचवटा कसुरमा दोषी ठहर गरेको हो।

अदालतले निजलाई एक वर्ष कैद, चार लाख बिगो र सोहीअनुरूप जरिबाना हुने फैसला गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २० गते रिजालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

अख्तियारले दोलखाको प्रमुख जिल्ला अधिकारी हुँदा रिजालले कार्यालयमा बसेर विभिन्न स्थानमा अनुगमनमा खटिएको भनी भ्रमण भत्ता लिएको अख्तियारको अभियोगपत्रमा जिकिर गरिएको थियो। रासस

प्रकाशित: ३० साउन २०८० २०:२१ | Tuesday, August 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast