काठमाडौँ- सिटिजन्स बैंकका ग्राहकले कमलपोखरीको भिभान्ता डेन्टल हस्पिटलमा छुट पाउने भएका छन्। त्यसका लागि बैंक र हस्पिटलबीच सम्झौता गरिएको छ।
बैंकका कार्डबाहक ग्राहकले भिभान्त डेन्टल हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने सम्झौतामा उल्लेख छ। उक्त सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र डिजिटल कारोबार बढ्ने विश्वास बैंकको छ।
प्रकाशित: २९ साउन २०८० १९:४२
प्रतिक्रिया