निर्माण व्यवसायीसँग छलफल गर्न कार्यदल गठन

हिमाल प्रेस २९ साउन २०८० १४:५५ | Monday, August 14, 2023
निर्माण व्यवसायीसँग छलफल गर्न कार्यदल गठन फाइल तस्बिर

काठमाडौँ– सरकारले निर्माण व्यवसायीलगायत सरोकारवालासँग छलफल, परामर्श र समन्वय गर्नेगरी सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा. दामोदर रेग्मीको संयोजकत्वमा कार्यदल गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले विषयगत मन्त्रालयका सहसचिव सदस्य रहने गरी ६ सदस्यीय कार्यदल गठन गरिएको जानकारी दिएका छन्। उनका अनुसार कार्यदललाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पन्न कामको भुक्तानी दिन निर्देशन दिएका थिए। मूल्य अभिवृद्धि करलगायत विषयमा अर्थ मन्त्रालय र सम्बद्ध विषयगत मन्त्रालयले आपसी समन्वयमा यथाशीघ्र माग सम्बोधन गर्न पनि प्रधानमन्त्रीको निर्देशन थियो

प्रकाशित: २९ साउन २०८० १४:५५ | Monday, August 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast