काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दैछ ।
आज सोमबार बस्ने बैठकमा महामन्त्री, उपसभापति र सभापतिले आ–आफ्नो धारणा राख्ने र बैठक सम्पन्न हुनेछ।
कांग्रेस संसदीय दलको बैठक साउन २९ गते बिहान ११ बजे संघीय संसद् भवन ल्होत्से हल बानेश्वरमा पुनः बस्दैछ।
आइतबारको बैठकमा ३० सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए।
बैठकले सांसद सुनिल शर्मा पक्राउ प्रकरण, सुन तस्करी प्रकरणको छानबिनदेखि सरकारको कामकारवाहीका विषयमा धारणा प्रस्ट पार्ने जनाइएको छ।
प्रकाशित: २९ साउन २०८० ६:३९ | Monday, August 14, 2023
प्रतिक्रिया



