छाडेको चार महिनापछि फेरि सरकारमा जाँदै जनमत

हिमाल प्रेस २७ साउन २०८० ९:२७ | Saturday, August 12, 2023
छाडेको चार महिनापछि फेरि सरकारमा जाँदै जनमत

काठमाडौँ- जनमत पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने भएको छ।

प्रधानमन्त्री र जनमत निकट स्रोतका अनुसार पार्टी आइतबार सरकारमा सहभागी हुने भएको हो।

‘राष्ट्रपति कार्यालयमा नाम पुगिसकेको छ, मन्त्रालय भने टुंगो लागेको छैन,’ स्रोतले भन्यो।

गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको जनमतले चैतमा सरकार छाडेको थियो। जनमतका तर्फबाट मन्त्री बनेका खानेपानी मन्त्री अब्दुल खानले चैत १७ गते राजीनामा दिएका थिए।

जनमतले उद्योग र कृषिमध्ये एक मन्त्रालय दाबी गरेको थियो। दुईमध्ये कुनै पनि नपाएपछि जनमत सरकारबाट बाहिरिएको थियो।

सरकार छाडेको करिब चार महिनापछि जनमत फेरि सरकारमा सहभागी हुन लागेको हो।

प्रकाशित: २७ साउन २०८० ९:२७ | Saturday, August 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast