अवरुद्ध सदन खुलाउन राष्ट्रपतिको चासो, सभामुखलाई भेट्दै

हिमाल प्रेस २६ साउन २०८० ९:०० | Friday, August 11, 2023
अवरुद्ध सदन खुलाउन राष्ट्रपतिको चासो, सभामुखलाई भेट्दै

काठमाडौँ- सदन अवरोधका विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख देवराज घिमिरेसँग भेट्ने भएका छन्।

शीतलनिवासमा बिहान पौने १० मा भेटघाट तय भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

निरन्तर सदन अवरोधप्रति चासो राख्दै राष्ट्रपति पौडेलले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका थिए।

एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै निरन्तर संसद् अवरोध गर्दै आएको छ।

आज पनि दिउँसो १ बजे संसद बैठक बोलाइएको छ ।

 

प्रकाशित: २६ साउन २०८० ९:०० | Friday, August 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast