अध्यादेशबारे के भन्छन् सरकारका प्रवक्ता?

हिमाल प्रेस २६ मंसिर २०७९ १६:३८ | Monday, December 12, 2022
अध्यादेशबारे के भन्छन् सरकारका प्रवक्ता?

काठमाडौँ- सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अदालतबाट दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीलगायतलाई आममाफी दिने गरी ल्याइएको अध्यादेशको बचाउ गरेका छन्। मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार भेटघाटमा उनले अहिलेको आवश्यकताका आधारमा अध्यादेश ल्याइएको भन्दै बचाउ गरेका हुन्।

उनले मुलुकलाई आन्तरिक एकताका साथ सहज वातावरणमा काम गर्न दिने मनसायले अध्यादेश ल्याएको बताए।

‘मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलापमा संलग्न राजनीतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउने उद्देश्यका साथ यो अध्यादेश राष्ट्रपतिकोमा सिफारिस गरेका छौँ,’ उनले भने, ‘अहिले मुलुकलाई शान्ति, एकता, विकास र समृद्धि चाहिएको छ, त्यसमा सबैको योगदान होस् भन्ने उद्देश्यले अध्यादेश ल्याइएको हो।’

सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता पहिलो संशोधन अध्यादेश २०७९ जारी गर्न राष्ट्रपतिकोमा सिफारिस गरेको छ।

प्रकाशित: २६ मंसिर २०७९ १६:३८ | Monday, December 12, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast