निर्वाचन खर्चबारे विवाद : रास्वपाका चार सांसदलाई कारबाही नगर्न उच्च अदालतको आदेश

हिमाल प्रेस २२ साउन २०८० १८:१७
12
SHARES
निर्वाचन खर्चबारे विवाद : रास्वपाका चार सांसदलाई कारबाही नगर्न उच्च अदालतको आदेश निर्वाचन आयोगको जरिवानाविरुद्ध रिट दायर गर्न अदालत परिसर पुगेका रास्वपा सांसद

काठमाडौँ- उच्च अदालत पाटनले निर्वाचन आयोगले निर्वाचन खर्च विवरण सार्वजनिक नगरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका चार सांसदलाई गरेको १५ हजार जरिवाना कारबाही रोक्न आदेश दिएको छ। उच्च अदालत पाटनका कामु मुख्यन्यायाधीश महेश शर्मा पौडेल र न्यायाधीश सुदर्शनराज पाण्डेको संयुक्त इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू विराजभक्त श्रेष्ठ, सोविता गौतम, गणेश पराजुली र शिशिर खनालको रिटमा निर्वाचन आयोगविरुद्ध यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।

यसअघि यही साउन १५ गते उच्च अदालत पाटनले निवेदकहरूका हकमा तत्काल कारबाही अघि नबढाउन अल्पकालीन अन्तरिम अदेश जारी गरेका थियो।

‘जरिवाना गर्दा सफाइको अवसर प्रदान गर्नुपर्ने प्राकृतिक न्यायको सिद्धान्तको मूल्य र मान्यताको पालना नगरेको प्रथम दृष्टिमै देखिएको, विपक्षीबाट भएको जरिवाना कार्यान्वयन तत्काल नगर्दा विपक्षीलाई कुनै असुविधा र असर पर्ने नदेखिएको तर, सो जरिवाना कार्यान्वयन गर्दा निवेदकहरूलाई असर असुविधा हुने देखिई सुविधा सन्तुलन निवेदकको पक्षमा रहेको अवस्था रहेको र यस निवेदनमा सन्निहित कतिपय प्रश्न अन्तिम सुनुवाई हुँदा व्याख्या र विश्लेषण भई निरुपण हुनु पर्ने प्रकृतिको देखिएको समेत हुँदा विपक्षी आयोगबाट यी निवेदकहरूको हकमा जरिवाना गर्ने गरी गरेको निर्णय यथास्थिति (Status Quo)मा राख्न आवश्यक देखिएकोले प्रस्तुत निवेदनको अन्तिम टुंगो लाग्दा ठहरेबमोजिम हुने गरी निवेदनको टुंगो नलागेसम्म यस अदालतबाट मिति २०८०/०४/१५ मा विपक्षी निर्वाचन आयोगको मिति २०८०/०४/०९ को प्रेस विज्ञप्ति यी निवेदकहरूका हकमा कार्यान्वयन नगर्नु नगराउनु भनी जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरी दिएको छ,’ आदेशमा भनिएको छ ।

प्रकाशित: २२ साउन २०८० १८:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast