काठमाडौँ- नेकपा माओवादी केन्द्रले पार्टी सदस्य संख्या ७ लाख ५२ हजार ९५६ पुगेको दाबी गरेको छ।
आज सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीको सक्रिय सदस्य संख्या ७ लाख ५२ हजार ९५६ पुगेको उल्लेख छ।
प्रतिवदेनमा बागमतीमा १ लाख ४७ हजार ३५३, मधेशमा १ लाख १६ हजार ९७५, लुम्बिनीमा १ लाख १२ हजार ९१०, कोशीमा ९९ हजार ६०१, गण्डकीमा ६६ हजार ६८७, कर्णालीमा ८५ हजार ७७४ र सुदूरपश्चिममा ८० हजार ४८२ जना पार्टी सदस्य रहेको उल्लेख छ।
प्रचण्डको प्रतिवेदनमा ‘जनतासँग पार्टी’ अभियान चलाउने प्रस्ताव गरिएको छ। हरेक नेताकार्यकर्ताले जनताको घरदैलोमा पुग्नुपर्ने उल्लेख गर्दै जनतासँग पार्टी अभियान चलाउन लागिएको हो।
                            प्रकाशित: १७ साउन  २०८० १६:३८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

