काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र समस्या बढेको औल्याएका छन्।
आज केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकमा सम्बोधन गर्दै प्रचण्डले विगतमा आफ्ना समस्याको आत्मालोचना गर्ने पद्धति भए पनि पछिल्लो समय त्यो पद्धति सकिएको बताएका छन्।
उनले पार्टीको गतिविधि ठप्प भएको गुनासो गरेका छन्। ‘पार्टी जति चलायामान हुनुपर्थ्यो। हुन छाड्यो।’
उनले भने,‘अहिले पार्टी पनि पार्टी जस्तो छैन।’ उनले यो बैठकपछि भने त्यस्ता समस्या हट्नु अपेक्षा राखेको बताए।
उनले माओवादी नेतृत्वको सरकार बनेसँग जनतामा आशा बढेको सुनाए। सरकारका पछिल्ला गतिविधिले पनि परिवर्तनको संकेत गरेको प्रचण्डको जोड थियो।
                            प्रकाशित: १७ साउन  २०८० १३:२७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

