 
                             
                                            काठमाडौँ- परराष्ट्र मन्त्रालयले परम्परागतरूपमा सम्झौता भएकाबाहेक देशमा नेपाली नागरिक सेनामा नरहेकाे बताएकाे छ। मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले नेपाली नागरिक विभिन्न देशका सेनामा भर्ना भएका गलत समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको हो।
‘परम्परागतरूपमा भएका सम्झौताअन्तर्गत केही मित्र राष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आएको सत्य हो,’ विज्ञप्तिमा भनिएको छ, ‘तोकिएका बाहेक अन्य देशका सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति छैन।’
अरु देशमा भर्ना हुन दिनेसम्बन्धी नेपाल सरकारको नीति नरहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ। परराष्ट्र मन्त्रालयले भनेको छ, ‘कसैको प्रलोभनमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकमा सुरक्षासम्बन्धी काममा नजानु हुन सबैमा अनुरोध गरिन्छ। यस्ता कार्यमा संलग्न हुँदा आइपर्ने जोखिम र उद्दारमा हुने कठिनाइप्रति सजग रहनसमेत सबैमा सूचित गरिन्छ।’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 