काठमाडौँ- यस वर्षको प्रकाश मानवअधिकार पुरस्कार सामाजिक अभियन्ता रुकैया खातुनलाई प्रदान गरिएको छ। अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले मंगलबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा खातुनलाई ५० हजार नगदसहित २२ औँ प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित गरिएको हो।
खातुनलाई प्रधानन्यायाधीश हरिकृष्ण कार्काीले पुरस्कार प्रदान गरेका थिए। तौलिहवा, कपिलवस्तुकी ४५ वर्षीया सामाजिक अभियन्ता खातुन शोषण तथा विभेदमुक्त समाज निर्माण अभियानमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील छिन्।
नेपालको मानवअधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेले पुर्याएको योगदानको स्मरण गर्दै प्रत्येक वर्ष साउन १६ गते इन्सेकले प्रकाश मानवअधिकार पुरस्कार प्रदान गर्दै आएको छ। इन्सेकका संस्थापक महासचिव काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभीरमा भएको थाई एयरको विमान दुर्घटनामा निधन भएको थियो। उक्त हवाई दुर्घटनामा काफ्लेसहित ९९ सय जनाको मृत्यु भएको थियो।