काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठक चल्ने भएको छ। सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका नेताहरु बैठक चलाउन सहमत भएका हुन्।
नेकपा एमालेले गत साउन १० गतेदेखि अवरुद्ध गरेको संसद् अझै चल्न सकेको छैन। साउन ३ गते अवैध सय किलो सुन बरामद भएपछि अनुसन्धानका लागि उच्चस्तरीय समिति बनाउन माग गर्दै एमालेले संसद अवरुद्धगर्दै आएको छ।
आजको बैठक बस्न दिने र समिति बनाउन एमालेले प्रस्ताव गर्ने सहमति भएको नेताहरुले बताएका छन्।
एमाले सचेतक महेश बर्तौलाले बैठक चल्न दिने र आफ्ना माग राख्ने तर त्यसमा सरकार तयार नभए संसद् पुनः अवरोध गर्ने बताएका छन्।
दिउँसो १ बजे बस्ने भनिएको बैठक १ः५० सम्म शुरु भएको छैन ।
                            प्रकाशित: १६ साउन  २०८० १४:१० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

