जनप्रतिनिधिलाई जरिवाना नगर्न अदालतको अल्पकालीन आदेश

हिमाल प्रेस १६ साउन २०८० ६:४६ | Tuesday, August 1, 2023
जनप्रतिनिधिलाई जरिवाना नगर्न अदालतको अल्पकालीन आदेश निर्वाचन आयोगको जरिवानाविरुद्ध रिट दायर गर्न अदालत परिसर पुगेका रास्वपा सांसद

काठमाडौँ- उच्च अदालत पाटनले खर्च विवरण सार्वजनिक नगरेको नाममा प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारलाई जरिवाना नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।

सोमबार न्यायाधीश ऋषिराम दवाडीको इजलासले उम्मेदवारलाई १५ हजार जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो। उच्च अदालतले यो विषयमा अन्तरिम आदेश दिन दुबै पक्षसँग छलफल गर्नुपर्ने भन्दै साउन २२ गते दुबै पक्षलाई बोलाएको छ।

आफूहरुले कानुन अनुसार चुनाव खर्च विवरण निर्वाचन आयोगमा बुझाएको र सार्वजनिक पनि गरेको तर आयोगले १५ हजार जरिवाना गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु विराजभक्त श्रेष्ठ, सोविता गौतम, शिशिर खनाल र गणेश पराजुलीले आइतबार उच्च अदालतमा रिट दिएका थिए।

प्रकाशित: १६ साउन २०८० ६:४६ | Tuesday, August 1, 2023

प्रतिक्रिया

One thought on “जनप्रतिनिधिलाई जरिवाना नगर्न अदालतको अल्पकालीन आदेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast