सुन प्रकरण छानबिन समिति बनाउन सरकारले भोलिसम्मको समय मागेको छ : गोकुल बाँस्कोटा

हिमाल प्रेस १५ साउन २०८० १९:०७ | Monday, July 31, 2023
सुन प्रकरण छानबिन समिति बनाउन सरकारले भोलिसम्मको समय मागेको छ : गोकुल बाँस्कोटा फाइल तस्बिर

काठमाडौँ- नेकपा (एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउने वा नबनाउने भन्ने निर्णय गर्नका लागि सरकारले मंगलबारसम्मको समय मागको बताएका छन्।

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मंगलबारसम्मको समय माग गरेकाले आजको प्रतनिधिसभा बैठक बस्न नसकेको बताए। सरकारले जति चाँडो उच्चस्तरीय छानबिन बनायो, त्यति चाँडै संसद् सुचारु हुने बताउँदै उनले सरकारले अबिलम्ब उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताए।

‘सरकारले भोलिसम्मको समय मागेको छ। उच्चस्तरीय छानबिन समिति बनाउने वा नबनाउने भन्ने निर्णय गर्न। भोलि बनायो भने संसद् चल्छ,’ उनले भने, ‘सरकारले अविलम्व उच्चस्तरीय छानबिन समिति बनाओस्। जे साँचो हो, त्यो बाहिर ल्याइदिऔँ। कि सरकार अनुसन्धान गर्न चाहँदैन ? प्रश्न उठिसकेपछि ढाकछोप गर्ने होइन, खुला हुनुपर्छ।’

सांसद बाँस्कोटाले अनियमितताको प्रश्न उठिसकेपछि सरकार ढाकछोप गर्न नलागेर निष्पक्ष छानबिन गर्न लाग्नुपर्ने बताए।

प्रकाशित: १५ साउन २०८० १९:०७ | Monday, July 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast