एकीकृत समाजवादीले तोक्यो चार तहकै बैठकको मिति

हिमाल प्रेस १५ साउन २०८० ९:१३ | Monday, July 31, 2023
एकीकृत समाजवादीले तोक्यो चार तहकै बैठकको मिति

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठकहरू बस्ने मिति, समय र स्थान सार्वजनिक गरेको छ।

पार्टीका महासचिव घनश्याम भुसालका अनुसार साउन १९ गतेदेखि सुरु हुने बैठक भदौ ७ गतेसम्म जारी रहनेछन्। जसअनुसार केन्द्रीय सचिवालयको बैठक साउन १९ गते, बिहान ८ बजे पुष्पलाल स्मृति प्रतिष्ठान, चम्पादेवीमा सुरु हुनेछ।

त्यस्तै स्थायी कमिटी बैठक साउन २० र २१ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। पोलिटब्युरो बैठक भदौ ३ र ४ गते बिहान ११ बजे केन्द्रीय कार्यालय र केन्द्रीय कमिटी बैठक भदौ ५, ६ र ७ गते बिहान १० बजे कान्तिपुर गार्डेन ब्याङ्क्वेट, बालकुमारी, ललितपुरमा बस्नेछ।

सम्बन्धित कमिटीका सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। साथै केन्द्रीय कमिटीको बैठकमा सहभागिताको लागि परिचय पत्र अनिवार्य छ। परिचयपत्र नभएका सदस्यहरूले केन्द्रीय कमिटीको बैठक अगावै पार्टी केन्द्रीय कार्यालयमा सम्पर्क गरेर आफ्नो परिचयपत्र बनाउन निर्देशन गरिएको छ।

प्रकाशित: १५ साउन २०८० ९:१३ | Monday, July 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast