मनै लोभ्याउने लोदेन [तस्बिर]

हिमाल प्रेस १३ साउन २०८० १८:२७ | Saturday, July 29, 2023
मनै लोभ्याउने लोदेन [तस्बिर] लाेदेनमा रहेकाे ताल। यहाँ यस किसिमका ताल थुप्रै छन्। तस्बिर : दिलकुमार लिम्बू/रासस

ताप्लेजुङ- ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङस्थित लोदेन क्षेत्र पर्यटकी दृष्टिकाेणले आकर्षक मानिन्छ। यहाँ विभिन्न जातीय संस्कार, संस्कृति र परम्परालाई बुझ्दै र अनुभव गर्दै पुग्न सकिन्छ। पापुङको प्रवेशद्वारका रूपमा रहेको साँवास्थित फुङफुङे झरनाको अवलोकन गर्दै पैदल यात्रा गरी पुगिने लोदेनमा दर्जनौँ पोखरी छन्।

ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट फुङफुङे झरनासम्म सवारीसाधन नियमित चल्छन्। उक्त झरनादेखि पैदल यात्रा गर्नुपर्छ। फुङफुङे झरनादेखि हिँडेपछि बेलुकी बास बस्न शेर्पा समुदायको बाक्लो बसोबास रहेको सिम्बुकमा पुगिन्छ।

लोदेन क्षेत्रको एक खर्कमा रहेका याक चरन क्षेत्रमा। यहाँ घ्यु, छुर्फी र मासुका लागि किसानले याक पाल्ने गर्छन्। तस्बिर : दिलकुमार लिम्बू/रासस
प्रकाशित: १३ साउन २०८० १८:२७ | Saturday, July 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast