भारत भ्रमणबाट फर्कियो माओवादीको टोली

हिमाल प्रेस १३ साउन २०८० ७:०२ | Saturday, July 29, 2023
भारत भ्रमणबाट फर्कियो माओवादीको टोली

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा छ दिने भारत भ्रमणमा गएको टोली शुक्रबार राति स्वदेश फर्किएको छ।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा यही साउन ७ गते भुसाल नेतृत्वमा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्य रामेश्वर यादव र सुरेशकुमार राई भारत भ्रमणमा गएका थिए।

उपाध्यक्ष भुसालले भाजपा अध्यक्ष जगतप्रकाश नड्डासँग पार्टी मुख्यालयमा भेटवार्ता गरेकी थिइन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघिको भारत भ्रमणमा भएका सहमति कार्यान्वयनका लागि पहल गर्न भाजपा अध्यक्ष नड्डासँग आग्रह गरेको बताएकी छन्।

अध्यक्ष नड्डासँगको भेटवार्ता फलदायी र ऐतिहासिक भएको उपाध्यक्ष भुसालको भनाइ छ।

प्रकाशित: १३ साउन २०८० ७:०२ | Saturday, July 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast