नेपाली सेनाको निमित्त प्रवक्ता बने अशोक गुरुङ

हिमाल प्रेस १२ साउन २०८० १७:२१ | Friday, July 28, 2023
नेपाली सेनाको निमित्त प्रवक्ता बने अशोक गुरुङ जंगी अड्डा

काठमाडौँ- नेपाली सेनाको निमित्त प्रवक्ताको जिम्मेवारी महासेनानी अशोक गुरुङले सम्हालेका छन्। महासेनानी गुरुङले निमित्त प्रवक्ताका रुपमा आजदेखि कार्यभार सम्हालेका हुन्। हालका प्रवक्ता कृष्णप्रसाद भण्डारी काम विशेषले कार्यक्रममा सहभागी हुन विदेश गएकाले केही समयका लागि उनले प्रवक्ताको जिम्मेवारी सम्हालेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

उपत्यका पृतनामा स्टाफका रुपमा कार्यरत महासेनानी गुरुङसँग यसअघि सैनिक जनसम्पर्क निर्देशनालयमा काम गरेको अनुभव छ। रासस

प्रकाशित: १२ साउन २०८० १७:२१ | Friday, July 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast