काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।
बिहीबार राष्ट्रियसभाबाट विधेयक पारित भएपछि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको थियो। यसअघि नै सोही विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ।
विधेयकमार्फत सरकारले मिटरब्याजीलाई कारबाही गर्नेदेखि अन्य विभिन्न व्यवस्था गरिएको छ।
अब राजपत्रमा प्रकाशित भएपछि उक्त विधेयक कार्यान्वयन हुनेछ।
प्रकाशित: १२ साउन २०८० १४:३७ | Friday, July 28, 2023
प्रतिक्रिया




