व्यावसायिक एकताबाटमात्रै निजी क्षेत्र बलियो हुन्छ : अध्यक्ष ढकाल

हिमाल प्रेस ११ साउन २०८० १५:४२ | Thursday, July 27, 2023
व्यावसायिक एकताबाटमात्रै निजी क्षेत्र बलियो हुन्छ : अध्यक्ष ढकाल

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यहरूको बलियो सञ्जाल र एकताबाटै महासंघ बलियो हुने बताएका छन्। महासंघको वस्तुगत परिषद्ले आयोजना गरेको कार्यक्रममा ढकालले कतिपय अवस्थामा एक्लो प्रयासमात्रै पर्याप्त नहुने भएकाले व्यावसायिक सहकार्य र एकताबाटमात्रै सफलता मिल्ने बताए।

वस्तुुगत संघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा महासंघले कार्यक्रम राखेको थियो। सो क्रममा अध्यक्ष ढकालले व्यावसायिक गतिविधि बढाउन सदस्य वस्तुुगत संघहरूले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसनीय रहेको बताए। ‘हाम्रा सदस्य वस्तुुगत संघहरू महासंघका बलिया खम्बा हुन्। आफै सक्षम पनि छन्,’ उनले भने, ‘तपाईहरू आफना मुद्दाहरूलाई आफै पनि अगाडि बढाउन सक्नुुहुन्छ तर कतिपय अवस्थामा एक्लो प्रयासले मात्र पनि सफलता नमिल्न सक्छ।’

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपालको प्रमुख समस्या सही तथ्यांकको अभाव रहेको औँल्याए। त्यसका लागि यसका लागि महासंघले काम गर्नुपर्ने उनको भनाइ थियो। तथ्यांक उपलब्ध गराउने काम निजी क्षेत्रले पनि खुला भएर गर्नुपर्ने श्रेष्ठले बताए।

प्रकाशित: ११ साउन २०८० १५:४२ | Thursday, July 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast