एमालेलाई दिएन सर्वोच्चले परमादेश, दुईभन्दा बढी दलको सरकार गठन गर्न आदेश

हिमाल प्रेस ११ साउन २०८० १५:२३ | Thursday, July 27, 2023
एमालेलाई दिएन सर्वोच्चले परमादेश, दुईभन्दा बढी दलको सरकार गठन गर्न आदेश

काठमाडौँ- सभामुखको समेत समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई सर्वोच्च अदालतले पदमुक्त गरेको छ।

सरकार गठनको प्रक्रिया असंवैधानिक भन्दै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न एमाले संसदीय दलका नेता हिक्मत कार्कीको मागलाई पनि अदालतले खारेज गरिदिएको छ। योसँगै अदालतले सातदिनभित्र दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न आदेश दिएको छ। यस धाराअनुसार सरकार नबनेको खण्डमा संविधानको धारा १६८ (३) अनुसार बनाउन सर्वोच्चले आदेश दिएको छ।

२१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत समर्थन पेस गरेका थिए।

सोही समर्थनका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए।

जसलाई अदालतले असंवैधानिक भनेको छ। अब कोशी प्रदेश सरकार गठनका लागि दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठन गर्नुपर्ने छ।

यदि यसअनुसार सरकार गठन हुन नसकेको खण्डमा मात्र ठूलो दलको हैसियतले नेकपा एमालेले सरकारको नेतृत्व गर्ने अवसर पाउने छ।

जुनसुकै धाराअनुसार बन्ने सरकारले पनि ३५ दिनभित्र विश्वासको मत पाउनु पर्नेछ।

प्रकाशित: ११ साउन २०८० १५:२३ | Thursday, July 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast