गगन थापाले बुझाए निर्वाचन आयोगलाई जरिवाना

हिमाल प्रेस ११ साउन २०८० १४:३३ | Thursday, July 27, 2023
गगन थापाले बुझाए निर्वाचन आयोगलाई जरिवाना

काठमाडौँ- नेपाली कांग्रेसका सांसद गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिवाना बुझाएका छन्।

बिहीबार निर्वाचन आयोगलाई १५ हजार जरिवाना तिरेको जानकारी उनले सामाजिक सञ्जालमार्फत् दिएका छन्।

गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै निर्वाचन आयोगले २४ सय बढी उम्मेदवारलाई जरिवाना तोकेको थियो।

थापाले खर्च विवरण सार्वजनिक गरेको जानकारी आयोगलाई दिनु पर्नेबारे कुरा आफूलाई थाहा नभएको पनि बताएका छन्।

 

 

प्रकाशित: ११ साउन २०८० १४:३३ | Thursday, July 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast