एकीकृत समाजवादीमा माधव-झलनाथबीच वैचारिक टकराव

हिमाल प्रेस ११ साउन २०८० १२:३०
10
SHARES
एकीकृत समाजवादीमा माधव-झलनाथबीच वैचारिक टकराव

काठमाडौँ- नेकपा एकीकृत समाजवादीमा वैचारिक टकराव देखिएको छ। समाजवादीमा माधव नेपाल र झलनाथ खनालबीच जनताको बहुदलीय जनवाद (जबज)का बीच मतान्तर देखिएको हो।

पार्टीको राजनीतिक कार्यदिशाबारे एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद (जबज)को सान्दर्भिकता रहेको बताएको छ।

असार २९ देखि साउन ५ गतेसम्म चलेको पार्टी सचिवालयको बैठकको निष्कर्ष सुनाउँदै एकीकृत समाजवादीले एमालेका तत्कालीन महासचिव मदन भण्डारीले २०४९ सालमा अघि सारेको जबजलाई समाजवादी क्रान्तिको कार्यदिशाका रूपमा विकास गर्ने बताएको हो।

नेकपा एमालेले पनि यही मान्यता बोक्दै आएको छ। एमालेको नवौँ र दसौँ महाधिवेशनमा घनश्याम भुसालले अघि सारेको दृष्टिकोण नै पारित हुँदै आएको थियो। तर खनाल भने सोही कुरा मान्न तयार छैनन्।

खनालले सचिवालय बैठकमा जबजको सान्दर्भिकता नभएको बताएका थिए।

बैठक निरन्तर ७ घन्टा अभिव्यक्ति दिएका उनले जबज मार्गदर्शक सिद्धान्त बन्नै नसक्ने बताएका छन्। खनाल एमालेमा रहँदै देखि जबजको विरोधी थिए।

उनी जबजलाई सधै फरक मत मान्थे। समाजवादीमा घनश्याम भुसालको प्रवेशपछि भने जबजको बारे बहस चुलिएको हो। अन्ततः जबज नै पार्टीको आधिकारिक सिद्धान्त रहदै आएको छ।

प्रकाशित: ११ साउन २०८० १२:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast