सरकारी कागजात किर्ते प्रकरण : कांग्रेस गोरखा-२ (क)का सभापति नारायण गुरुङ जेल चलान

हिमाल प्रेस ११ साउन २०८० ८:३७ | Thursday, July 27, 2023
4
SHARES
सरकारी कागजात किर्ते प्रकरण : कांग्रेस गोरखा-२ (क)का सभापति नारायण गुरुङ जेल चलान

काठमाडौँ- नेपाली कांग्रेस गोरखा क्षेत्र नम्बर २(क) का पार्टी सभापति नारायण गुरुङ (दीर्गमान गुरुङ) कारागार चलान भएका छन्।

सरकारी दस्तखत किर्ते कसुरमा दोषी ठहर भएपछि उनी कारागार चलान भएका हुन्। उनी अहिले डिल्ली बजार कारागारमा छन्।

सरकारी दस्तखत किर्ते कसुरमा उनलाई २०६१ साल जेठ १८ गते एक वर्ष कैदको फैसला सुनाइएको थियो। यो बीचमा उनी प्रहरीको फरार सूचीमा थिए।

उनलाई केही समयअघि काठमाडौँबाटै प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो। त्यसपछि अदालती प्रक्रिया पुरा गरेर असार २० गते कारागार चलान गरिएको हो।

गुरुङको स्थायी ठेगाना पालुङटार नगरपालिका वडा नं ३ (साविक आँपपिपल गाविस वडा नं २) हो। उनले नागरिकता, राहदानीसँगै नक्कली सरकारी कागजात तयार पारी दस्तखत पनि नक्कली नै गरेको पाइएको छ।

कांग्रेस गोरखाले पनि उनलाई कारबाहीको तयारी गरेको छ। सरकारी कागजात किर्ते गरेको पुष्टी भएको भन्दै कांग्रेस गोरखाले पार्टीबाटै हटाउने तयारी गरेको जनाएको छ।

प्रकाशित: ११ साउन २०८० ८:३७ | Thursday, July 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast