क्यान्सर अस्पतालको आर्थिक अधिकार अध्यक्षलाई

हिमाल प्रेस १० साउन २०८० १४:५७ | Wednesday, July 26, 2023
क्यान्सर अस्पतालको आर्थिक अधिकार अध्यक्षलाई फाइल तस्बिर

काठमाडौँ- भरतपुरस्थिति बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक पद रिक्त भएपछि आर्थिक अधिकार अध्यक्षलाई दिइएको छ। अस्पताल सञ्चालक समितिको बैठकले कार्यकारी निर्देशक चयन नहुञ्जेलसम्मका लागि आर्थिक अधिकार अध्यक्ष डा.  विजयराज न्यौपानेलाई दिएको हो। कार्यकारी निर्देशक अभावमा आर्थिक क्रियाकलाप ठप्प छ। अधिकार दिइएको हो।

अध्यक्ष न्यौपानेका अनुसार कार्यकारी निर्देशक नियुक्ति नहुन्जेलसम्म कर्मचारी, चिकित्सकको तलब लगायतका भुक्तानी दिनका लागि आर्थिक अधिकार अध्यक्षलाई दिने निर्णय भएको छ। ‘अल्पकालीन रूपमा दैनिक आर्थिक क्रियाकलाप सञ्चालन गर्न र कर्मचारीलाई तलब खुवाउन बैठकले मलाई आर्थिक अधिकार दिएको छ’, उनले भने।

समितिमा कार्यकारी निर्देशक सिफारिस समिति गठनका विषयमा छलफल गरे पनि टुंगो लाग्न सकेको छैन। सिफारिस समितिमा कोको रहने भन्ने विषयमा नै कुरा नमिलेपछि बैठकले यस विषयमा ठोस निर्णय गर्न नसकेको हो। सञ्चालक समितिले सिफारिस समिति बनाएर सोही समितिले कार्यकारीको नाम सिफारिस गर्ने व्यवस्था रहेको छ। सिफारिस समितिले सिफारिस गरेका नाममध्येबाट कुनै एकजना व्यक्तिलाई उपयुक्तताका आधारमा कार्यकारी निर्देशकको पदमा नियुक्त गर्ने ऐनमा व्यवस्था छ।

अस्पतालको कार्यकारी निर्देशकका लागि प्रतिस्पर्धामा अस्पतालमा कार्यरत डा. शिवजी पौडेल, डा. विजय आचार्य र डा कृष्णसागर शर्मा छन्। रासस

प्रकाशित: १० साउन २०८० १४:५७ | Wednesday, July 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast