नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा आइतबार प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै प्रतिपक्षी सांसदहरू। तस्बिर : रासस
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट सय किलो सुन भित्रिएको घटनामा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ नआएसम्म सदन चल्न नदिने पक्षमा रहेको बताएको छ।
राप्रपामा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भने, ‘हामीले संसदमा गृहमन्त्रीको जवाफ माग गर्छौं तर उहाँको राजीनामा माग्दैनौँ, हामी गृहमन्त्रीको जवाफ नआएसम्म सदन चल्न दिने पक्षमा छैनौँ।’
राप्रपाले सुन छुटाउन त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा फोन गरेका भनिएका नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र उनको छोरालाई पक्राउ गरेर कारवाही गर्नुपर्ने माग राखेको छ।
प्रकाशित: १० साउन २०८० १२:०६ | Wednesday, July 26, 2023
प्रतिक्रिया




