भ्रष्टाचारीमाथि निर्ममतापूर्वक कारबाही गरौँ : घनश्याम भुसाल

हिमाल प्रेस ८ साउन २०८० १५:०८ | Monday, July 24, 2023
भ्रष्टाचारीमाथि निर्ममतापूर्वक कारबाही गरौँ : घनश्याम भुसाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले सरकारले भ्रष्टाचार काण्डका दोषीहरूलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित ‘समाजवादी यात्राको चुनौती : भ्रष्टाचार र दण्डहीनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा संलग्न भ्रष्टलाई कडा कारबाही गर्न सरकारलाई सचेत गराएका हुन्।

भुसालले अब जन्मिने, जन्मिन सक्ने, जन्मिने लाइनमा रहेका भ्रष्टको अहिले नै भ्रूण तुहिनेगरी सरकारले भ्रष्टमाथि कारबाही गर्नुपर्ने महासचिव भुसालको भनाइ थियो।

उनले मुलुकबाट भ्रष्टाचार पूर्ण रूपमा नियन्त्रण गर्न भने हरेक पार्टी भित्रैबाट भ्रष्टाचारविरोधी अभियान सुरु गर्नुपर्ने बताए।

उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ जस्ता एक व्यक्तिले मात्रै भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने भएकाले पार्टी भित्रैबाट त्यस विरुद्ध अभियान छेडनुपर्ने बताए।

महासचिव भुसालले समाजवादको यात्रालाई ठीक ढंगले अघि बढाउन पनि हरेकले आफ्नो पार्टी स्वयम्‌लाई भ्रष्टाचार विरोधी बनाउन सक्नुपर्ने जिक‍िर गरे।

महासचिव भुसालले पपुलिज्मका लागि भ्रष्टाचार नियन्त्रण गर्ने कुरालाई अघि बढाउन नहुने बताए।

त्यस मामिलामा पुँजीवादले जित्ने भएकाले कम्युनिस्टहरूले त्यो बाटो लिन नहुने उनको तर्क थियो।

प्रकाशित: ८ साउन २०८० १५:०८ | Monday, July 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast