खाद्य तथा कृषि संगठनको कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन [तस्बिरहरू]

हिमाल प्रेस ८ साउन २०८० १५:०० | Monday, July 24, 2023
खाद्य तथा कृषि संगठनको कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन [तस्बिरहरू]

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि संगठनको ‘फुड ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’मा सम्बोधन गरेका छन्। प्रधानमन्त्रीले सोमबार इटालीको रोममा आयोजित सम्मेलनको ‘प्लेनरी सेसन’ मा सम्बोधन गरेका हुन्।
प्रधानमन्त्रीले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा विशेष सम्बोधन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सम्मेलन १० गतेसम्म आयोजना हुनेछ।

प्रधानमन्त्रीले मंगलबार खाद्य प्रणाली परिवर्तन र अभ्यासका सन्दर्भमा आयोजना हुने छलफल पनि सहभागी हुने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्ड शनिबार रोम गएका हुन्।
भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघका उच्च अधिकारीसँग साइडलाइनमा भेटवार्ता गर्ने कार्यक्रम छ।

सबै तस्बिर  : प्रदीपराज वन्त/रासस

प्रकाशित: ८ साउन २०८० १५:०० | Monday, July 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast