सामाखुसी बाढीमा बेपत्ता बालकको खोजी जारी

हिमाल प्रेस ८ साउन २०८० १३:४१ | Monday, July 24, 2023
सामाखुसी बाढीमा बेपत्ता बालकको खोजी जारी प्रतीकात्मक तस्बिर।

काठमाडौँ– काठमाडौँको सामाखुसीमा बाढीले बगाउँदा बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको छ।

काठमाडौँ महानगरपालिका-३ रानीबारीस्थित सामाखुसी खोलाको बाढीले बगाउँदा आइतबार साँझ १३ वर्षीय साजन मगर बेपत्ता भएका थिए।

उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल अधिकारीले जानकारी दिए।

सामाखुसीमा बस्दै आएका मगर पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलको कक्षा ६ मा अध्ययनरत थिए।

विद्यालयबाट फर्किएपछि उनी साँझ खेल्न निस्केका थिए। मगरको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीले खोजी गरिरहेको डीएसपी अधिकारीले बताए।

प्रकाशित: ८ साउन २०८० १३:४१ | Monday, July 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast