काठमाडौँ- राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले संसद्को सबैभन्दा नेपाली कांग्रेस अलमलमा रहेको बताएका छन्।
श्रेष्ठले कांग्रेसको ‘लाइभ’ हेर्दा भूइँ मान्छेको प्राथमिकता नराख्ने, सामाजिक आर्थिक रुपान्तरणमा चिन्तन नभएको र गुटैगटको गठजोड मात्र देखिएको बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै कांग्रेस वामपन्थीको छायाँबाट मुक्त नभएको र आर्थिक संकटलाई मुक्त गर्न ठोस कार्यक्रम नभएको जनाएका छन्।
‘कांग्रेस कुन बाटो हिँडिरहेको छ भन्ने प्रष्ट भएन’ श्रेष्ठले भनेका छन्,‘तथापि, सभापति शेरबहादुर देउवा जस्तो नेतृत्वले बैठक लाइभ देखाउनु नेपाली राजनीतिमा पारदर्शिताको नवीन सुरुवात हो।’
प्रकाशित: ८ साउन २०८० ११:३०
प्रतिक्रिया