निर्माण व्यवसायीले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

हिमाल प्रेस ८ साउन २०८० ९:१६ | Monday, July 24, 2023
निर्माण व्यवसायीले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौँ- सरकारले निर्माण कार्यको भुक्तानी नदिएको भन्दै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले आज ज्ञापन पत्र बुझाउँदैछ।

महासंघले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ। साथै, सरोकारवाला मन्त्रालयहरूलाई भुक्तानीका लागि ज्ञापन पत्र बुझाउने महासंघले जनाएको छ।

भोलि ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाउने गरी आन्दोलनको कार्यक्रम तय गरिएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए।

झन्डै दुई सातादेखि आन्दोलन गरिरहेको महासंघले आफ्ना मागहरु पूरा नभए दोस्रो चरणको आन्दोलन घोषणा गर्ने जनाएको छ।

प्रकाशित: ८ साउन २०८० ९:१६ | Monday, July 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast