मौद्रिक नीति सकारात्मक : बैंकर्स संघ

हिमाल प्रेस ७ साउन २०८० २१:४१ | Sunday, July 23, 2023
मौद्रिक नीति सकारात्मक : बैंकर्स संघ

काठमाडौँ- वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले मौद्रिक नीति सकारात्मक रहेको प्रतिक्रिया दिएको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिप्रति संघले सकारात्मक प्रतिक्रिया दिएको हो।

संघका अध्यक्ष सुनिल केसीले मौद्रिक नीति सकारात्मक आएको बताए। विश्व अर्थतन्त्रमा देखिएका समस्या अझै बाँकी रहेको र नेपाली अर्थतन्त्रमा पनि समस्या कायम रहेका बेला असामान्य अवस्थामा आएको मौद्रिक नीति सन्तुलन कायम गर्नेगरी आएको केसीले बताए।

चालु पुँजी कर्जालाई पुनरावलोकन गर्ने, सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिमभारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने कुरा सकारात्मक रहेको उनले बताए।

पछिल्लो समय चालु पुँजीकर्जा मार्गदर्शनको कारण कर्जा प्रवाहमा समस्या भएका बेलामा परिर्वतन गर्नाले कर्जा प्रवाहमा सकारात्मक प्रभाव पर्ने अपेक्षा रहेको उनको भनाइ थियो। केवाइसीलाई राष्ट्रिय परिचयपत्रसँग जोड्ने, बैंकिङ कसुरलाई सशक्त बनाएर लैजाने र कर्जा लगानीको फ्रेमवर्क बनाउने कुराले बैंकिङ क्षेत्रलाई सजिलो बनाउने अध्यक्ष केसीको भनाइ छ।

प्रकाशित: ७ साउन २०८० २१:४१ | Sunday, July 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast