विदेश जानेले २५ सय डलर साट्न पाउने

हिमाल प्रेस ७ साउन २०८० १४:०८ | Sunday, July 23, 2023
विदेश जानेले २५ सय डलर साट्न पाउने

काठमाडौँ– अबदेखि विदेश जानेले अमेरिकी डलर २५ सयसम्म साट्न पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ०८०/८१ को मौद्रिक नीतिमार्फत डलर सटहीको विद्यमान व्यवस्था परिवर्तन गरेको हो। यसअघि १५ सय डलरसम्म सटहीको सुविधा थियो।

अब भारतबाहेक अन्य मुलुक जाने नेपाली नागरिकले राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म २५ सय डलर साट्न पाउनेछन्।

यसका साथै हवाई सेवा प्रदायकहरूलाई आवश्यक पर्ने विभिन्न सेवा शुल्कको भुक्तानी विदेशमा गर्दा नियामक निकायको स्वीकृति वा सिफारिसमा अमेरिकी डलर १ लाख सटही सुविधा दिने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: ७ साउन २०८० १४:०८ | Sunday, July 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast