एनआईसी एशिया बैंक २६औँ वर्षमा प्रवेश

हिमाल प्रेस ६ साउन २०८० १५:५७ | Saturday, July 22, 2023
एनआईसी एशिया बैंक २६औँ वर्षमा प्रवेश

काठमाडौँ- एनआईसी एशिया बैंक २६औँ वर्षमा प्रवेश गरेको छ। बैंकले शनिबार आफ्नो २६औँ वार्षिकोत्सव मनाएको हो। सो अवसरमा बैंकले आफ्नो साढे दुई दशक लामो यात्रामा सहयोग पुर्‍याउने ग्राहकलगायत सरोकारवालामा धन्यवाद व्यक्त गरेको छ।

‘यस अनवरत यात्रामा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिनुहुने समस्त ग्राहकवर्ग, नियमनकारी निकायहरू, सेयरधनी महानुभावहरू, कर्मचारीलगायत सम्पूर्ण सरोकारवालाहरू प्रतिहार्दिक आभारका साथ सादर नमन गर्दछौं,’ वार्षिकोत्सवको अवरमा बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बैंकले आगामी दिनमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ सेवा उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

प्रकाशित: ६ साउन २०८० १५:५७ | Saturday, July 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast