यस्तो छ ‘जुलेबी’को नयाँ पोस्टर

हिमाल प्रेस ६ साउन २०८० १४:११ | Saturday, July 22, 2023
यस्तो छ ‘जुलेबी’को नयाँ पोस्टर

काठमाडौँ- फिल्म ‘जुलेबी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा फिल्मका प्रायः कलाकार अटाएका छन्। नारी पात्रलाई महत्त्व दिइएको फिल्ममा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापालगायत कलाकारको अभिनय छ।

फिल्म भाद्र १ गतेबाट देशभर प्रदर्शन हुनेछ। फिल्ममा गणेशदेव पाण्डेको निर्देशन, विवेक खड्काको छायांकन, अन्जय खड्काको सम्पादन छ। एन्थोलोजी जनरामा बनेको फिल्म आभा शर्माले निर्माण गरेकी हुन्। फिल्मफोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा बनेको छ।

प्रकाशित: ६ साउन २०८० १४:११ | Saturday, July 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast