राजदूत सिफारिस समावेशी भएन : उपेन्द्र यादव

हिमाल प्रेस ५ साउन २०८० २०:१० | Friday, July 21, 2023
राजदूत सिफारिस समावेशी भएन : उपेन्द्र यादव उपेन्द्र यादव

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपाल अध्यक्ष उपेन्द्र यादवले प्रस्तावित राजदूत समावेशी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

पार्टी निकट कानुन व्यवसायीहरूको संगठन संघीय कानुन व्यवसायी संघले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका यादवले आफ्नै पार्टी समेत सहभागी भएको सरकारले एउटै समुदायकालाई मात्रै राजदूतमा सिफारिस गरेको भन्दै असन्तुष्टि जनाएका हुन्।

सरकारले विभिन्न ६ देशका लागि सिफारिस गरेका राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ। यादवले सरकारले गरेका राजनीतिक नियुक्तिहरू पनि समावेशी हुन नसकेको जिकिर गरे।

प्रकाशित: ५ साउन २०८० २०:१० | Friday, July 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast