सुन प्रकरण बुझ्न गृहमन्त्री भन्सारमा ; ‘गलत काम गरे कारबाहीको भागीदार होइन्छ’

हिमाल प्रेस ५ साउन २०८० १२:३१ | Friday, July 21, 2023
सुन प्रकरण बुझ्न गृहमन्त्री भन्सारमा ; ‘गलत काम गरे कारबाहीको भागीदार होइन्छ’

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध तरिकाले भित्रिएको सुनको विषयमा बुझ्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थलस्थित भन्सार कार्यालय पुगेका छन्।

केही समयअघि मात्रै मन्त्री श्रेष्ठ भन्सार कार्यालय पुगेका हुन्। मन्त्री श्रेष्ठसँगै नेपाल प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, राजश्व अनुसन्धान विभागका प्रमुख र अध्यागमन कार्यालय प्रमुख पनि भन्सार कार्यालय पुगेका छन्।

सुन तस्करीमा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ। भन्सार कार्यालय पुगेर गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार निर्मुल पार्ने काममा सरकार लागेको बताए। उनले सरकारमाथि दबाब बढाएर भ्रष्टाचार गर्ने कामको योजना नबनाउन अनुरोध गरे।

 

प्रकाशित: ५ साउन २०८० १२:३१ | Friday, July 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast