काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले धनुषाको विभिन्न व्यावसायिक संस्थामा छुट पाउने भएका छन्। त्यसका लागि ती संस्थाहरूसँग सम्झौता गरिएको बैंकले जानकारी दिएको छ।
ग्राहकलाई आकर्षक सेवासुविधा उपलब्ध गराउने उद्देश्यले विभिन्न संस्थाहरूसँग सम्झौता गरिएको बैंकको भनाइ छ। बैंकले धनुषाको होटेल राजदरबार एण्ड नवरंग रिसोर्ट, होटेल वेलकम, होटेल सितासरण, सितासरण होटल एण्ड प्लाजा, लिटिल मोर रेष्टुरेन्ट एण्ड क्याफे र होटल प्रफेक्ट प्लाजामा आफ्ना ग्राहकले छुट पाउने बताएको छ।
त्यस्तै निरोग्य क्लिनीक एण्ड रिसर्च सेन्टर तथा बुद्ध डायबिटिक एण्ड थाइरोइड केयरका सेवाहरूमा पनि १० देखि ५० प्रतिशतसम्म छुट पाउने बैंकको भनाइ छ।
प्रकाशित: ४ साउन २०८० १८:५२ | Thursday, July 20, 2023
प्रतिक्रिया



