बालकृष्ण खाणको बचाउ गर्दै राधा घलेको प्रश्न : बचाउनुपर्ने मान्छे गृहमन्त्रीलाई भेटेर बधाई दिनु उपयुक्त हो?

हिमाल प्रेस ३ साउन २०८० १६:५६ | Wednesday, July 19, 2023
बालकृष्ण खाणको बचाउ गर्दै राधा घलेको प्रश्न : बचाउनुपर्ने मान्छे गृहमन्त्रीलाई भेटेर बधाई दिनु उपयुक्त हो?

काठमाडौँ– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य राधा घलेले नक्कली शरणार्थी प्रकरणमा मुछिएर जेलमा रहेका बालकृष्ण खाणको बचाउमा उत्रिएकी छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबारदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले आफ्नो नेताको बचाउ गर्नुपर्नेमा नेताहरू गृहमन्त्रीलाई बधाई दिन गएको भन्दै आपत्ति जनाइन्।

उनले प्रश्न गर्दै भनिन्, ‘आज एउटा नेतालाई, साथीलाई बिनाकारण समातेर लग्दै गर्दा आफ्नै पार्टीको साथीहरू सवेदनशिल नहुनु, गृहमन्त्रीलाई बधाई दिन जानु कति उपयुक्त हुन्छ?’

उनी खाणनिकट नेता पनि हुन्। उनले पार्टीकै एक नेतालाई दुख पर्दा साथ दिन सक्दैनौँ भने भोलि आफूलाई पर्दा सहयोग नपाइने कुरा सम्झिन पनि आग्रह गरिन्। त्यस्तै घलेले आरोप लाग्दैमा कोही दोषी नहुने पनि बताइन्।

कांग्रेसभित्र खाणलाई निलम्बन गर्ने र नगर्ने विषयमा ठूलो मतभेद छ। संस्थापन पक्षका नेताहरू खाणलाई कारबाही नगर्ने पक्षमा छन् भने इतर पक्ष कारबाही गरेर जानुपर्ने पक्षमा छ।

प्रकाशित: ३ साउन २०८० १६:५६ | Wednesday, July 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast