पाँचथरमा अटो दुर्घटना हुँदा एकको मृत्यु

हिमाल प्रेस ३ साउन २०८० ११:०३ | Wednesday, July 19, 2023
पाँचथरमा अटो दुर्घटना हुँदा एकको मृत्यु

फिदिम- पाँचथर सदरमुकाम फिदिममा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

फिदिम नगरपालिका १ स्थित शनिबारेमा प्र १.०१.००१ स ८७०५ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा फिदिम ६ शिवा बस्ने वर्ष ५५ कि हरीमाया तुम्रोक ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

दुर्घटनामा अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटना भएको खबर थाहा पाउनसाथ प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याइएको थियो।

अस्पतालमा उपचारका क्रममा तुम्रोकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाले बताए।

दुर्घटनामा अटो चालक फिदिम ६ दिपक लिम्बु, फिदिम ६ की वसन्ती लिम्बु, फिदिम ६ कै सन्देश लिम्बु र फिदिम ७ का कुशसल लिम्बु घाइते भएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ साउन २०८० ११:०३ | Wednesday, July 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast